काठमाडौ ३० फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीको विरोध गरिरहेका एमालेका नेता भीम रावल माथि खनिएका छन् । स्थानीय निर्वाचनको अभियानका क्रममा नुवाकोट पुगेका देउवा एमसीसीको विरोध गर्ने नेता रावलमाथि खनिएका हुन् ।
आफ्नो दल सरकार भएको समयमा अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसदमा पेश गरेको बताएका देउवाले त्यति बेला भीम रावल रक्षा मन्त्री भएको बताएका छन् । ‘मन्त्रिपरषबाट आफ्नै सरकार हुँदा पास गरेर संसदमा पेस गर्दा त्यसबेला किन आलोचना गर्नुभएन। भीम रावलले के हेरेर बसे त्यसबेला ?’ देउवाले भने
आफु रक्षा मन्त्री भएको बेला एमसीसी संसदमा पेश गर्ने अनि अहिले आएर विरोध गर्ने दिमाख छैन भन्दै रावल माथि देउवा खनिएका छन् ।
त्यतिबेला त्यसको खिलाफ किन बोल्न सकेनन् किन राजीनामा दिएन् अहिले आएर यस्ता दुई जिब्रे कुरा गर्ने , मैले एमसीसी पास गर्दा भीमबहादुर रावललाई किन टाउको दुख्ने ? देउवाले भने’