काठमाडौं ३० फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा यही बैशाख ३० हुने स्थानीय तह निवार्चन स्तरीय कार्यक्रममा सहभागी हुन नुवाकोट पुगेका छन् ।
जिल्लाको दुई वटा दुईवटा गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने समेत कार्यक्रम रहेको देउवाका प्रेस सल्लाहाकार गोविन्द परियारले जनाएका छन् । देउवाले किस्पाङ गाउँपालिका र तादी गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
देउवाको साथमा कांग्रेस नेताहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी, नुवाकोटका पूर्वजिल्ला सभापति जगदीशनरसिंह केसी लगायतको पनि सहभागिता रहेको छ ।
स्थानीय तहका पार्टी कार्यकर्तासँग पनि छलफल र भेटघाट देउवाको कार्यक्रम रहेको उनले बताएका छन् ।