काठमाडौं ३० फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले न्यायालय सुधारका लागि संविधान सम्वत् सुधारको प्रयास थालिएको स्पष्ट पारेका छन् ।
सोमबार राजधानीको मिनभवनमा भएको घर घर जाऔं, कांग्रेस जिताऔं अभियान अन्तगर्तको आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् । ‘जनताले न्याया नपाउँदा प्रधानन्याधिशलाई महाअभियोग लगाउँनु पर्यो’ उनले भने ।
न्यायालयको नेतृत्व असफल भएको ठहर गरेका उनले उक्त आयोजित कार्यक्रममा एमसीसीको विषयमा पनि बोलेका छन् । उनले सरकारमा रहँदा एउटा कुरा बाहिर गएसी एउटा कुरा गर्ने दलहरुका कारण एमसीसीको विषयमा जनतामाझ अनावश्यक भ्रम सृजना भएको बताएका छन् ।
‘एमसीसी सरकारमा हुदाँ राष्ट्रहित सरकारबाट बाहिर जाँदा राष्ट्रघात देख्ने दलहरुकाकारण जनतालाइ अनावश्यक भ्रम सृजना भएको हो ’उनले भने ।
एक महिना सम्म रहने यो अभियानका क्रममा जनताले दिएका सुझाव अनुसार कांग्रेसले यस विषयमा निणर्य गर्ने बताएका छन् । आफ्नो पार्टी कांग्रेसले घर घरमा गइ एमसीसीको विषयमा जनतामा भएको भ्रम चिर्ने समेत दावी गरेका छन् ।
साथै, उनले गठवन्धन कांग्रेसको रहर नभई परिस्थितिजन्य बाध्यता भएको समेत बताएका छन् ।