काठमाडौं ३० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा सबै भन्दा धेरै मन्त्री भएको एकीकृत समाजवादी पार्टीलाई त्याग गर्न भनिएको बताएका छन् ।
कांग्रेसलाई प्रदेशमा सभागी गराउन यस विषयमा सत्ता गठवन्धनमा समेत छलफल भइरहेको बताएका छन् । कैलालीको धनगढीस्थित गेटा विमानस्थला पत्रकारहरुसँग बोल्दै अध्यक्ष प्रचण्डले मन्त्रालय थप गर्न नसकिने भएकाले एकीकृत समाजवादी पार्टीलाई त्याग अनुरोध गरिएको बताएका हुन् ।
‘सरकारमा मन्त्रालय थप गर्न नसकिने भएकाले सबैभन्दा बढी मन्त्री भएको एकीकृत समाजवादीले नै त्याग गर्नुपर्यो भनेर अनुरोध गरिएको छ ’उनले भने । यसमा विषयमा अध्यक्ष माधव नेपालसँग छलफल भइरहेको बताएका छन् ।