कोरोनाका कारण मुटुरोग विशेषज्ञ डा. विकास सुवेदीको ह्याम्स अस्पतालमा निधन — OSNepal

कोरोनाका कारण मुटुरोग विशेषज्ञ डा. विकास सुवेदीको ह्याम्स अस्पतालमा निधन

LC (KTM) June 07, 2021 0

काठमाडौं – डा. विकास सुवेदीको कोरोनाका कारण नि धन भएको छ । २५ दिनअघि कोभिड संक्रमण भएपछि ह्याम्स अस्पतालमा उपचार गराइरहेका उनको उपचारकै क्रममा आइतबार राति निध न भएको हो । ४२ वर्षीय डा। सुवेदी गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका सञ्चालक एवं निर्देशकसमेत रहेका थिए ।

सुरुआती चरणमा आफ्नै अस्पताल कोटेश्वस्थित गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालमा उपचार गरिएको थियो । अवस्था ज टिल भएपछि १४ दिनअघि ह्याम्स पुर्याइएको थियो । अबस्था जटिल बन्दै गएपछि ४ दिनदेखि भेन्टिलेटरमा उपचाररत थिए । सुबेदीको घर ललितपुर इमाडोलमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर