पावर टेलरमा च्यापिएर चौधरीको ५ वर्षीय छोरा सक्षेंमको मृ त्यु — OSNepal

पावर टेलरमा च्यापिएर चौधरीको ५ वर्षीय छोरा सक्षेंमको मृ त्यु

LC (KTM) June 07, 2021 0

बर्दिया, २४ जेठ- बारबर्दिया नगरपालिका(१० लम्की फाँटास्थित खेतमा पावर टेलर पल्टिँदा च्यापियर सोही नगरपालिका बस्ने प्रेम चौधरीको ५ वर्षीय छोरा सक्षेंम चौधरीको आइतबार बेलुका मृ त्यु भएको छ ।

उक्त खेतमा सोही नगरपालिका(११ बेलभार बस्ने २० वर्षीय सकेट चौधरीले पावार टेलर सिक्ने क्रममा टेलर पल्टिएर च्यापिँदा टेलरमा बसेका सक्षेंमको मृ त्यु भएको हो । चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि : उपत्यकामा यसरी बढ्दैछ लापरबाही -काठमाडाैं- जेठको पहिलो साता नेपालमा कोभिड–१९ सङ्क्रमण र त्यसबाट हुने मृत्युदर उच्च थियो । जेठ १ गतेको तथ्याङक हेर्ने हो भने आठ हजारभन्दा माथि दैनिक सङ्क्रमित हुँदा १८७ जनाले ज्यान गुमाएका थिए । त्यसबेला मृत्युदर पनि बढ्दो थियो । जेठ दोस्रो साताबाट सङ्क्रमण दरभन्दा निको हुने दर विस्तारै बढ्न थालेको छ ।

आजको तथ्याङ्क हेर्ने हो भने झण्डै ३ हजार ५०० सङ्क्रमित हुँदा निको हुने दर झण्डै दोब्बर छ हजार ६०० माथि पुगेको छ । विगतमा दैनिक २४५ जनासम्म मृत्यु भएकोमा अहिले मृत्युदर घटेर दुई अङ्कमा झर्नु सुखद सङ्केत हो । आज मुलुकभर ९९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । अघिल्लो महिना वैशाखको यो समयमा सङ्क्रमण दैनिक नौ हजार माथि थियो । पछिल्लो समयमा मुलुकभर यसरी सङ्क्रमण र मृत्युदरमा केही न्यूनीकरण आएको देखिएसँगै मानिसको लापरवाही भने बढ्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर