ओलीले यस्तो भनेपछि प्रचण्डबाट त्यस अभिव्यक्तिको घोर निन्दा र भर्त्सना — OSNepal

ओलीले यस्तो भनेपछि प्रचण्डबाट त्यस अभिव्यक्तिको घोर निन्दा र भर्त्सना

LC (KTM) June 07, 2021 0

काठमाडौँ २४ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमालेका पार्टी अध्यक्ष केपी ओलीले पार्टी एकताको ल्याएको प्रस्ताव झूट, भ्रामक र षड्यन्त्रपूर्ण भएको बताएका छन् ।

हिजो साँझ प्रधानमन्त्री समेत रहेका ओलीले पार्टीको एकताको लागि अध्यक्ष प्रचण्डको कारण असफल भइरहेको भनाई प्रति अध्यक्ष प्रचण्डले घोर भत्सना गरेका छन् । उनले प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु भन्दै सामाजिक सञ्जाल मार्फत बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भनेका छन् , ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झूट, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर