काठमाडौं २९ फागुन । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति दुई दिने बैठक कालिका स्थानस्थित अमृतभोग पार्टी प्यालेसमा विहान ११ बजेदेखि बसिरहेको छ।
दुई दिन सम्म चल्ने बैठकमा निर्वाचन निर्देशिकाको मस्यौदा , साथै संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले शनिबार प्रस्तुत् गरेका राजनीतिक प्रतिवेदन माथि छलफल प्रस्तुत् गरिएको छ ।
उक्त दुवै प्रस्तावमा केन्द्रिय सदस्यहरुले आ आफ्नो धारणा राखिरहेका छन् । आजको बैठकमा भने जसपाको बेग्लै शैलीमा देखिएको छ । सबैजना भुइँमा लहर बसेका छन् । सबै समान देखिएका छन् ।
अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई, मन्त्रीसमेत रहेका नेताहरु राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव लहरै पहिलो लहरमा बसेका छन् । भने दोस्रो लहरमा सरकारका मन्त्री रेणु यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, हिसिला यमीलगायत बसेका छन् ।
आज भन्दा ६ महिना अगाडी बस्ने कुर्सीलाई लिएर अध्यक्ष उपेन्द्र र संघीय परिषद्का अध्यक्ष भट्टराई बिच देखिएको विद्रोहका कारण आज यस्तो देखिएको हो ।
गत भदौ १,२र ३ गते बसेको बैठकमा उपेन्द्रलाई छुट्टै सोझा र भट्टराईलाई साधारण अन्य नेतासँग शेयरिङ गरेर बस्नुपर्ने सोफा राखे पछि पार्टी फेरि पनि फुट्ने खतरामा पुगेको थियो । त्ययस लगत्तै भट्टराई पक्षले उपेन्द्रविरुद्ध नाराबाजी गर्दै बैठक नै प्रभावित गरेका थिए ।
गत पाmगु १३ गतेको बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले भने पार्टीको फुटको अवस्थाबाट जोगाएको छ । अध्यक्ष उपेन्द्रले बराबरी अधिकार दिने, निर्णयमा अशोक राईसमेत तिनै नेताको हस्ताक्षर चल्ने निर्णयमा बाबुरामलाई सहमति गराइएको थियो ।
पार्टीमा विवाद नभएपछि शनिबार भट्टराईले बानेश्वर ब्याङ्केटमा संघीय परिषद् बैठक बसेर चुनावी तयारी, विधान अधिवेशन र राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।