काठमाडौं २९ फागुन । नेकपा एमालेले माधव नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिटको सुनुवाई चैत २० गते हुने भएको छ ।
आइतबार बसेको न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले उक्त रिटको पूर्ण सुनुवाइ चैत २० गतेको तोकिएको हो ।
अध्यक्ष ओलीले गत भदौ १७ गते सर्वोच्च अदालतमा दायर गरेको उक्त रिट सात महिना पछि सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै पूर्ण सुनुवाइका लागि पठाउने आदेश दिएको हो ।
पार्टीको नियम विपरित काम गरेको भन्दै नेपाल सहित १४ जना सांसदमाथि गरेको कारवाही सभामुख अग्निप्रसाद सापकोटाले वेवस्ता गरी संसदमा सहभागी गराइरहेको भन्दै एमालेले सर्वोच्चमा रिट दायर गरेको थियो ।
उक्त आइतबार १२ औं पटक पेसीमा चढेको हो ।