काठमाडौं २९ फागुन । नेकपा एमालेका सांसद भीम रावलले भारतीय पक्षबाट दार्चुलामा दुई देशको कानुनविपरीत एकतर्फी तटबन्न निर्माणमा सरकारले आखाँ चिम्लिएको भन्दै आपत्ती जनाएका छन् ।
आइतबार बसेको संसद बैठकमा सांसद रावलले तटबन्ध निर्माणबारे सरकार मौन बसेको बसेको भन्दै यस विषयमा जनताले त्यस्तो काम बन्द गर्नुपर्छ भनेर आवाज उठाउँदा पनी सरकारले आँखा चिम्लिएको र कुनै कदम नचालेको आरोप लगाएका छन् ।
‘सीमानाको त्यो ठाउँमा दुई देशको सहमति बिना काम गर्न पाइँदैन’ ,भारतले एकतर्फी डोजर चलाउँदा पनि सरकार नबोल्नु लाजमर्दो कुरा हो ।’ उनले भने ।
भारत सरकारले एकतर्फी चलाएको डोजरले दार्चुलालाई खतरामा पार्ने काम भएको भन्दै नेता रावलले यसबारे गृहमन्त्री, परराष्ट्रले सदनमा जानकारी दिनुपर्ने बताएका छन् ।