काठमाडौं २९ फागुन । नेपाली कांग्रेसका केन्द्रिय निर्वाचन समितिको संयोजक तथा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सभापति शेरबहादुर देउवासमक्ष राजीनामा दिएका छन् ।
देउवाको सचिवालले दिएको जानकारी अनुसार घिमिरेले आज आइतबार सभामुख समक्ष राजीनामा दिएका हुन् ।
घिमिरे कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको निर्वाचनमा सत्ता गठवन्धनबाट साझा उम्मेदवारका रुपमा उम्मेदवार बनेपछि उनले कांग्रेसको निर्वाचन समितिबाट राजीनामा दिएका हुन् ।
बारले नयाँ नेतृत्वको लागि यही चैत १९ गते चुनाव गर्दै छ । घिमिरे नेतृत्वको निर्वाचन समितिले कांग्रेसको १४ औं महाधिवेशन गराएको थियो ।