बूढानीलकण्ठ नगरपालिकाले भोली जेठ २५ गतेबाट नगरवासी र वरपरका बासिन्दालाई पनि कोरोना विरुद्धको खोप यी स्थानमा लगाँदै — OSNepal

बूढानीलकण्ठ नगरपालिकाले भोली जेठ २५ गतेबाट नगरवासी र वरपरका बासिन्दालाई पनि कोरोना विरुद्धको खोप यी स्थानमा लगाँदै

LC (KTM) June 07, 2021 0

काठमाडौँ २४ जेठ । कोरोनाविरुद्ध चीनबाट आएको चाइनिज भेरोसेल खोप भोलीबाट लगाइने भएको छ । बूढानीलकण्ठ नगरपालिकाले भोली जेठ २५ गतेबाट नगरवासी र वरपरका बासिन्दालाई पनि कोभिड-१९ विरुद्धको खोप ६० वर्ष देखि ६४ वर्ष उमेर समूहलाई लगाउने भएको छ । तिन दिन सम्म लगाइने खोप बिहान ११ बजे देखि अपरान्ह्र ४ बजे सम्म पहिलो मात्राको खोप लगाइने भएको छ । खोप गणेश मावि वडा नं २, गणेशचोक, र नेशनल आइडियल बोर्डिङ स्कूल, वडा नं ९, मण्डिखाटार र बालउद्धार मावि वडा नं १०, कपनबेखबाट उपलब्ध गराइने भएको छ ।

नगरवासी र वरपरका बासिन्दालाई पनि सो खोप उपलब्ध गराइने प्रवक्ता तथा वडा नं १० का वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिए । ती खोप गणेश मावि वडा नं २, गणेशचोक, र नेशनल आइडियल बोर्डिङ स्कूल, वडा नं ९, मण्डिखाटार र बालउद्धार मावि वडा नं १०, कपनबेखबाट उपलब्ध गराइने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर