एमसीसी पारित भएको भन्दै पार्टी छाडेर जानेहरुमाथि प्रचण्डले दिए यस्तो चुनौती — OSNepal

एमसीसी पारित भएको भन्दै पार्टी छाडेर जानेहरुमाथि प्रचण्डले दिए यस्तो चुनौती

LC (KTM) March 13, 2022 0

विराटनगर २९ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयनका क्रममा व्याख्यात्मक घोषणालाई मिनिमाइज गरे सरकार छाडेर आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

व्याख्यात्मक घोषणा सहितको एमसीसीको बहस गर्न आफ्नै पार्टीमा बाँकी रहेको बताएका उनले व्याख्यात्मक घोषणालाई मिनिमाइज नगर्न चेतावनी दिएका हुन्’व्याख्यात्मक घोषणालाई कार्यान्वयनका क्रममा मिनिमाइज गरियो भने त्यही विषय भोलि आन्दोलनको विषय हुनसक्छ । हामी चाहन्छौं त्यस्तो नहोस् ‘ उनले भने ।

उनले बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी छाडेर एमाले प्रवेश गर्नेमाथि पनि कडा टिप्पणी गरेका छन् । एमसीसी संसद पास भयो भन्दै पार्टी छाडेर एमालेका गएको भन्दै उनले एमसीसीको विरोध गर्ने कहाँ गएको विरोध गरेको नि अर्थ हुने बताएका छन् ।

‘जानु नि बरु किरणजी, विप्लवकहाँ । नभए नारायणमान विजुक्छे कहाँ जानू ।’,संसदमा एमसीसीको सबभन्दा चर्को विरोध नारायणमान विजुक्छेजीको पार्टीको प्रेम सुवालले गर्नुभएको छ । त्यहाँ गएको भए त विरोध गरेको पनि अर्थ हुन्छ ।’ प्रचण्डले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर