नेपालका सबै कम्युनिस्ट पार्टीहरु एउटै पेन्सिलका फरक फरक टुक्रा : बाबुराम — OSNepal

नेपालका सबै कम्युनिस्ट पार्टीहरु एउटै पेन्सिलका फरक फरक टुक्रा : बाबुराम

LC (KTM) March 12, 2022 0

काठमाडौं २८ फागुन । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालका सबै कम्युनिस्ट पार्टीहरु एउटै पेन्सिलका फरक फरक टुक्रा भएको बताएका छन् ।

आजबाट काठमाडौंमा शुरु भएको पार्टीको संघीय परिषद्को बैठकमा नेता भट्टराईले पेश गरेको राजनीति प्रतिवेदनमा नेत्रविक्रम चन्द ‘विप्लव’ र मोहन वैद्य ‘किरण
एमालेकै कित्तामा दर्ज गरेका बताएका छन् । संसदमा नभएका नेकपाका अन्य घटकहरु वैद्य, विप्लब, आहुति, माले लगायतका सबै समूह आधारभूत रुपमा एउटै हुन् । उनले भनेका छन् ।

भट्टराईले लेखेका छन्, ‘नेपालमा दर्जनौं कम्युनिष्ट समूह छन् । नेकपा ९एमाले०, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) ठूला कम्युनिष्ट समूह हुन् । साना कम्युनिष्ट पार्टीमा नेमकिपा र नेकपा मसालको मोर्चा संगठन राष्ट्रिय जनमोर्चाले संसदमा प्रतिनिधित्व गर्दछन् ।,’

संसदमा नभएका नेकपाका अन्य घटकहरु वैद्य, विप्लब, आहुति, माले आदि अनेक समूहहरु छन् ।’यी सबै समूहको विचार र उत्पत्तिको आधार एउटै हो । यी सबै समूह रुसी अक्टोबर क्रान्ति, सोभियत प्रणाली, चिनियाँ‘नयाँ जनवादी क्रान्ति’ र माओ त्से–तुङ विचारधारारमाओवादबाट प्रभावित छन् । यी सबै समूह सन् १९४९ मा गठन भएको नेकपाबाट फुटेर बनेका हुन् ।’

विश्व साम्यवादी आन्दोलनमा आएको व्यापक उतारचढाब, पार्टीको स्थापनाकालीन मान्यता, सिद्धान्त र उद्देश्य असान्दर्भिक बनेको अवस्था, विश्व इतिहासप्रति सृजनशील आलोचनात्मक चेतको कमी, कतै पलायन र विर्सजन, कतै जडता र रुढताले नेपालको कम्युनिष्ट आन्दोलन कुहिरोको कागजस्तो बन्न पुगेको उनले बताएका छन् ।

भट्टराईले मुलधारका तीन कम्युनिस्ट पार्टीलाई अवसरवादीको नाम दिएका छन् । एमाले , माओवादी र एकिकृत समाजवादीका अध्यक्ष केपी ओली , प्रचण्ड र माधव नेपाल चरम अस्थिरता, अवसरवाद र द्वैध चरित्र देखाएको बताएका छन् ।

भट्टराईले प्रतिवेदनमा भनेका छन्, ‘शास्त्रीय साम्यावादको विश्व असफलतापछि पनि पुरानै वैचारिक आग्रह छोड्न नसकेको कारणबाट उत्पन्न कुन्ठा, निराशा, हतासा, विम्रभ र उद्धिग्नताबाहेक साना वामपन्थी समूहसँग थप कुनै गुण देखिन्न ।’

तीनै दलले देशको अन्तर्राष्ट्रिय सम्बन्ध, राज्यको विश्वसनीयता र प्रतिष्ठा, भूराजनीति र विकासजस्तो गम्भीर र संवेदनशील विषयमा समेत सस्तो राजनीति गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर