काठमाडौं २८ फागुन । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई तिहाइको सरकारले अवसर सदुपयोग नगर्दा सबैले दुःख पाएको बताएका छन् ।
काभ्रे बहुमुखी क्याम्पसको तेस्रो क्याम्पस सभालाई धुलिखेलमा शनिवार सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन् ।
दुई तिहाइको सरकारले आफूले पाएको अवसर सदुपयोग गर्न नसक्दा नेपालको प्रदेश सरकार साथै प्रहरी, प्रशासनिक क्षेत्रले धेरै दुःख झेल्न बाध्य भएको उनले टिप्पणी गरेका छन् ।
‘दुई तिहाई मत दिएर नेतृत्व सुम्पिदा देशमा संघीयता संस्थागत हुन सकेन’ उनले भने । साथै सभालाई सम्बोधन गर्दै नेता सिंहले नेपाली समाजलाई अगाडि बढाउन शिक्षालगायतका क्षेत्रमा राजनीतिभन्दा माथि उठेर सोच्नु पर्ने बताएका छन् ।