काठमाडौं २८ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी पनि निर्वाचनमा होमिएको बताएका छन् । शनिबार प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो जानकारी गराएका हुन् ।
उनले भने,‘अहिले हाम्रो पार्टी पनि निर्वाचनमा होमिएको छ । निर्वाचन केन्द्रित दुई महिने अभियान लिएर जाँदैछौं । एमसीसीलाई लिएर फेरि विभाजित हुने हो कि भन्ने चर्चा उठे ।,
हामीले केन्द्रीय कमिटीमा पनि यो विषयमा छलफल भएको छ, सम्पूर्ण रुपमा चुनावमा केन्द्रित भएर जानुपर्छ ।अभियान पनि देशव्यापी रुपमा चल्नुपर्छ। पार्टीलाई विजयी बनाउने योजना छ ।’
आफ्नै तागदमा चुनाव लड्ने बताएका उनले तथापी ,तालमेल गर्दा गठबन्धनकै बीचमा जोड गर्ने भन्ने पनि हुने बताएका छन् ।
एमसीसीको विषयमा चुनावपछि व्यापक छलफल र बहस चलाउँने बताएका उनले विभिन्न फोरममा यो विषयमा बहस चल्ने बताएका छन् ।