गाउँमा मोटर साइकलमा आएकाले अन्धाधुन्ध हमला गर्दा ११ जना गाउँलेको ज्या न गयो ,कैयौँ घरमा आगजनी — OSNepal

गाउँमा मोटर साइकलमा आएकाले अन्धाधुन्ध हमला गर्दा ११ जना गाउँलेको ज्या न गयो ,कैयौँ घरमा आगजनी

LC (KTM) June 07, 2021 0

अबुजा ४ जेठ- नाइजेरियाको एक गाउँमा मोटर साइकलमा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध हमला गरेर ११ जना गाउँलेको हत्या गरेका छन् ।शनिबार राति ती अज्ञात ब न्दुकधारीहरु मोटरसाइकल चढेर आएका थिए । उनीहरुले एक गाउँमा प्रवेश गरेर गो ली चलाउन थालेका थिए ।

नाइजेरियाको दक्षिणपश्चिम क्षेत्रमा पर्ने ओयो राज्यको एक गाउँमा उनीहरुले सर्वसाधारण माथि गरेको गोली प्रहारबाट ११ जना गाउँलेको ज्या न गएको ओयो राज्यको प्रहरीले जानकारी दिएको छ । ओयो राज्यको प्रहरीले सो गाउँमा उनीहरुले रातिको समयमा पुगेर गाउँलेको ह त्या गर्नुको साथै त्यहाँका कैयौँ घरमा पनि आगजनी गरेका थिए ।सो गाउँमा गरिएको आगजनीमा ठूलो क्षति भएको पनि यहाँको प्रहरीले जानकारी दिएको बताइएको छ । त्यसक्रममा यहाँका गाउँलेले पनि ती हमलाकारीहरुका विरुद्धमा जाइलागेका थिए । गाउँलेले गरेको आक्रमणमा परेर बन्दुकधारीका तर्फबाट पनि केही मानिसको ज्यान गएको बताइएको छ ।

शनिबार राति ती बन्दुकधारी र गाउँलेबीच लामो समयसम्म झ डप पनि भएको थियो । यहाँ भएको घटनाको बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ । ती बन्दुकधारी को हुन् र राति अकस्मात सो गाउँमा आएर किन हमला गरेका थिए भन्ने बारेमा केही बुझ्न सकिएको छैन ।प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । तर पनि त्यस गाउँमा भएको क्षतिको पूर्ण विवरण भने दिइएको छैन । सोही गाउँमा केही समय अघि पनि यसैगरी केही बन्दुकधारीले गाउँलेको ज्यान लिएका थिए । त्यसैले त्यसको बदलामा शनिबार रातिको घटना भएको हुनसक्ने अनुमान गरिएको छ । (रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर