काठमाडौं २८ फागुन । जनता समाजावादी पार्टी जसपाको संघीय परिषद्को बैठक सुरु भएको छ । बैठक संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईको अध्यक्षतामा बसेको हो ।
उक्त बैठकमा नेता भट्टराईले २३ पृष्ठ लामो राजनीति प्रतिवेदन प्रस्तुत गरेका छन् । साथै भट्टराईले यो दस्तावेज पुरा नभएको र पुरा दस्तावेज महाधिवेशनमा आउने समेत स्पष्ट पारेका छन् ।
उक्त राजनीतिक प्रतिवेदनमा जसपा र अरु पार्टी बीचको अन्तर र जसपाको अबको कार्यदिशा के हुनेलगायतका विषय समेटिएको छ ।