नेता भट्टराईले ओलीको वक्तव्यलाई सकारात्मक भन्दा नेत्रृ झाँक्रीले भनिन् यस्तो सम्म... — OSNepal

नेता भट्टराईले ओलीको वक्तव्यलाई सकारात्मक भन्दा नेत्रृ झाँक्रीले भनिन् यस्तो सम्म…

LC (KTM) June 07, 2021 0

काठमाडौं २४ जेठ । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले आफ्ना समुहलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको प्रस्तावमा भ्रममा नपर्न अनुरोध गरेकी छन् । प्रधानमन्त्री समेत रहेका ओलीले हिजो साँझ सार्वजनिक गरेको प्रस्तावको विषयलाई लिएर नेत्रृ झाँक्रीले यो एक प्रकारले पार्टी एकता हुन नदिने डिजाईनका साथ आएको वक्तव्य भन्दै यस्तो आग्रह गरेकी हुन् ।

नेत्रृ झाँक्रीले सामाजिक सञ्जाल मार्फत भनेकी छन्,’अझ गम्भिर कुरा त के छ भने बुदा नं. ४ मा अदालतमा दिएको हस्ताक्षर फिर्ता गरिनेछ भनिएको छ। यो कसले फिर्ता लिनेरु फिर्ता लिने पक्षसंग यो वक्तव्य जारी गर्न सहमति वा संवाद आवश्यक पर्ने होईन ररु लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशिल गराउन, संसद पुनस्थापना गर्न, हामी अदालतको ढोका ढकढकाउन पुगेका थियौँ। हामीहरूले यसको सुनिश्चिता बिना हस्ताक्षर फिर्ता लिने भन्ने प्रश्न नै आउँदैन। त्यसैले यो एक प्रकारले पार्टी एकता हुन नदिने डिजाईनका साथ आएको वक्तव्य हो। यसप्रति भ्रममा नपर्न अनुरोध गर्दछु। यता नेता योगेश भट्टराईले भने ओलीले जारी गरेको वक्तव्य सकारात्मक भएको भन्दै खुसि व्यक्त गरेका छन् ।

बिकसित घटनाक्रम र समग्र पछिल्लो राजनीतिक परिस्थितिवारे हाम्रो पार्टीको स्थायीको बैठक बसी संस्थागत धारणा दिइनेछु। एकतर्फी रुपमा घोषणा गरेर एकता गर्न खोजिएको होईन‘ झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनको लागि हो भनेर बुझ्नुपर्ने नेत्रृ झाँक्रीको टिप्पणी रहेको छ ।

झाँक्रीले भनेकी छन्, भर्खरै मिडियामा अध्यक्ष क। खड्ग प्रशाद ओलीको नामबाट आएको वक्तव्य पढ्न पाइयो। सुरूमा यो वक्तव्य देखेर म पनि खुसी भएँ। उत्साहित हुदै पढेँ। पढ्दै जाँदा लाग्यो पार्टीको एकता खास उदेश्यका लागि थियो र एकता भंग पनि खास उदेश्य पुरा गर्न योजनागत ढंगले गरिएको कुरा दिनको घाम जस्तै छ। अब रह्यो नेकपा एमालेको एकताको कुरास् यो साच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्ष बिचमा सहमति गरि वरिष्ठ नेता कमरेड माधव नेपाल सहितको संयुक्त वक्तव्यको रूपमा आउथ्यो। एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होईन‘ झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनको लागि हो भनेर बुझ्नुपर्छ।

अझ गम्भिर कुरा त के छ भने बुदा नं. ४ मा अदालतमा दिएको हस्ताक्षर फिर्ता गरिनेछ भनिएको छ। यो कसले फिर्ता लिनेरु फिर्ता लिने पक्षसंग यो वक्तव्य जारी गर्न सहमति वा संवाद आवश्यक पर्ने होईन ररु लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशिल गराउन, संसद पुनस्थापना गर्न, हामी अदालतको ढोका ढकढकाउन पुगेका थियौँ। हामीहरूले यसको सुनिश्चिता बिना हस्ताक्षर फिर्ता लिने भन्ने प्रश्न नै आउँदैन। त्यसैले यो एक प्रकारले पार्टी एकता हुन नदिने डिजाईनका साथ आएको वक्तव्य हो। यसप्रति भ्रममा नपर्न अनुरोध गर्दछु। बिकसित घटनाक्रम र समग्र पछिल्लो राजनीतिक परिस्थितिवारे हाम्रो पार्टीको स्थायीको बैठक बसी संस्थागत धारणा दिइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर