बूढानीलकण्ठमा चाइनिज भेरोसेल खोप मङ्गलबारदेखि उपलब्ध गराउने — OSNepal

बूढानीलकण्ठमा चाइनिज भेरोसेल खोप मङ्गलबारदेखि उपलब्ध गराउने

LC (KTM) June 07, 2021 0

काठमाडौँ, २४ जेठ- बूढानीलकण्ठ नगरपालिकाले कोभिड –१९ विरुद्धको चाइनिज भेरोसेल खोप यही जेठ २५ गतेदेखि उपलब्ध गराउने भएको छ । साठीदेखि ६४ वर्ष उमेर समूहलाई तीन दिनसम्म बिहान ११ देखि अपराह्न ४ बजेसम्म पहिलो मात्राको खोप उपलब्ध गराइने छ ।

नगरवासी र वरपरका बासिन्दालाई पनि सो खोप उपलब्ध गराइने प्रवक्ता तथा वडा नं १० का वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो । ती खोप गणेश मावि वडा नं २, गणेशचोक, र नेशनल आइडियल बोर्डिङ स्कूल, वडा नं ९, मण्डिखाटार र बालउद्धार मावि वडा नं १०, कपनबेखबाट उपलब्ध गराइने जनाइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर