काठमाडौं २७ फागुन । राप्रपा नेपालका अध्यक्ष नेता कमल थापाले आगामी निर्वाचनमा आफ्नो पार्टीले राम्रो नतिजा हाँसिल गर्ने दावी गरेका छन् । शुक्रबार आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले पार्टीले राम्रो नतिजा हाँसिल गर्ने भन्दै राष्ट्रिय दलको समेत मान्यता पाउने बताएका छन् ।
वर्तमान सरकारको अदूरदर्शीता र सत्ता लोलुपताको कारण देशमा लोकतन्त्रको आवरणमा सर्वसत्तावाद हाबी भैरहेको उनले दावी गरेका छन् ।
‘प्रमुख दलले राज्य संयन्त्रमा कब्जा गरेर आफ्नो पार्टीको स्वार्थलाई सिद्ध गर्नको लागि प्रजातान्त्रिक मूल्य, मान्यता र संविधानलाई पटक–पटक आघात पुर्याएका छन् ।’ उनले भने ।
वर्तमान सरकारको फितलो र अदुरदर्शी नीतिले गर्दा नेपालको छिमेकी राष्ट्रसँगको सम्बन्ध सौहार्दपूर्ण हुन नसकेको बताएका उनले पाँच वर्षमा आफ्नो पार्टीले निकै कुरा गुमाएको पनि स्पष्ट पारेका छन् ।
अवका दिनका पार्टीका मुख्य एजेण्डलाई लिएर अगाडी बढ्ने समेत उनले प्रतिवद्धता जनाएका छन् ।