माधव नेपाल नेतृत्वको नेकपा एसलाई आयोगले राष्ट्रिय दलको मान्यता दिएको भन्दै एमालेले जनाएको आपत्ती — OSNepal

माधव नेपाल नेतृत्वको नेकपा एसलाई आयोगले राष्ट्रिय दलको मान्यता दिएको भन्दै एमालेले जनाएको आपत्ती

LC (KTM) March 11, 2022 0

काठमाडौं २७ फागुन । नेकपा एमालेले निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई राष्ट्रिय दलको मान्यता दिइएकोमा आपत्ति जनाएको छ ।

आयोगले आज स्थानीय निर्वाचनको विषयमा छलफल गर्न बोलाएको बैठकमा एमालेका एक सहभागी नेताले आफ्नो दलले कारवाही गरेकोह नेपाल नेतृत्वको पार्टीलाई आयोगले मान्यता दिएको भन्दै आपत्ती जनाएका हुन् ।

यस विषयमा आयोगले कुने जवाफ नदिएको बताइएको छ । साथै नेकपा एस सँगै जनता समाजवादी पार्टीबाट छट्टिएर बनेको र लोकतान्त्रिक समाजवादीले राष्ट्रिय दलको मान्यता पाएको छ ।

यसको पनि एमालेले विरोध गरेको छ । सरकारले गत भदौ २ गते
संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्‍याएर दल फुटाउन सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपनि माधव नेपाल महन्थ ठाकुरले नयाँ दल दर्ता गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर