प्रहरीद्वार जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण — OSNepal

प्रहरीद्वार जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

LC (KTM) June 07, 2021 0

दैलेख २४ जेठ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत इच्छुक प्रहरी कर्मचारीहरुले आफ्नो तलबबाट केहि रुपैया छुट्याएर कोरोना संक्रमितको लागि सहयोग गरेका छन् ।

नेपाल लगाएत विश्वभरी महामारीको रुपमा देखापरेको नयाँ भेरियन्ट सहितको कोभिड १९ रोगबाट संक्रमितहरुलाई उपचारमा सहयोग तथा जोखिम नियन्त्रणमा सहजिकरण होस भन्ने उद्देश्यले अत्यावश्यक स्वास्थ्य उपकरणको रुपमा रहेको अक्सिजन कन्सेन्ट्रेटर (Oxygen concentrator) -१ थान (१० लि.) र मेडिकल अक्सिजन माक्स(Medical oxygen mask )–१० (दश) थान खरिद गरी यस कार्यालय परिवारको तर्फबाट कार्यालय प्रमुख प्र.ना.उ. अनुपम श्रेष्ठले जिल्ला स्वास्थ्य कार्यालय दैलेखलाई हस्तान्तरण गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर