काठमाडौं २७ फागुन । स्थानीय तह निर्वाचनको लागि निर्वाचन आयोगले उम्मेदवारले निर्वाचनमा खर्च गर्न पाउने रकम प्रस्ताव गरेका छन् ।
आयोगले निर्वाचनमा स्थानीय तहअनुसार उम्मेदवारहरूले गर्न पाउने चुनावी खर्चको प्रस्ताव गरेको हो ।
जसमा उपहानगरका मेयरले साढे ५ लाख, नगरपालिकाका मेयरले साढे ३ लाख र गाउँपालिकाका प्रमुखले साढे ३ लाखसम्म चुनावी खर्च गर्न पाउने आयोगले प्रस्ताव गरेको छ ।
तथापी, लोकतान्त्रिक समाजवादी भने, वडाध्यक्ष जित्न २०र२५ लाख लाग्ने भन्दै खर्चको दायरा बढाउन आग्रह गरेका छन् ।