काठमाडौं २७ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अरु दलको भन्दा आफूहरुको महाधिवेशन फरक रहेको बताएका छन् । पार्टीको कर्णाली प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्न सुर्खेत पुगेका अध्यक्ष प्रचण्डले ढुक्क भएर निर्वाचनमा होमिन समेत निर्देशन दिएका छन् ।
आफुहरु जनवादी युगबाट समाजवादी युगमा प्रवेश गरेको बताएका प्रचण्डलेकर्णालीका दशवटै जिल्लाको रिपोर्ट आफूले सुनेको बताउँदै नेता कार्यकर्तालाई ढुक्क भएर चुनावमा जान भनेका हुन् । सबै माग र समस्याको सम्बोधन हुन्छु, उनले भने, ‘ढुक्क भएर चुनावमा जानुस्।’ प्रचण्डले भने ।
प्रतिगमन विरुद्ध भएको लगाई जित्दै प्राप्त उपलब्धिलाई ध्वस्त पार्ने र देशलाई असफल पार्ने षड्यन्त्र असफल बनाएको समेत उनले दावी गरेका छन् । हामी रंगिन क्रान्ति गर्न तयार छौँ। सबै स्वार्थ त्याग गर्न तयार भएर नै यी सफलता हाँसिल गरेका छौँ उनले अघि भने, ‘प्रतिक्रान्तिकारी नेतृत्वविरुद्ध हामीले विद्रोह गरेका थियौँ।’
साथै कार्यक्रममा प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री हुन रुचि नदेखाएको भन्दै उनले भने,’हामीले सम्भावना देखायौँ। केपी ओली प्रवृत्तिविरुद्ध हाम्रो लडाइँ थियो। हाम्रो नेतृत्वमा प्रतिगामीविरुद्ध लडाइँ भएर पाँच दलीय गठबन्धन बनेपछि देउवा प्रधानमन्त्री भए।’