प्रचण्ड नेपालमाथि ओलीको टिप्पणी : दशा लागेकाले दुई तिहाईको सरकार ढाले अहिले ढोका बाहिर पर्खिएर भित्रबाट प्रसाद आउँछ कि भनेर कुरिरहेका छन् — OSNepal

प्रचण्ड नेपालमाथि ओलीको टिप्पणी : दशा लागेकाले दुई तिहाईको सरकार ढाले अहिले ढोका बाहिर पर्खिएर भित्रबाट प्रसाद आउँछ कि भनेर कुरिरहेका छन्

LC (KTM) March 11, 2022 0

काठमाडौं २७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशा लागेकाले दुई तिहाईको सरकार ढालेको टिप्पणी गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाललाई दशा लागेर दुई तिहाई सरकार ढाले अहिले ढोका बाहिर पर्खिएर भित्रबाट प्रसाद आउँछ कि भनेर कुरिरहेको भन्दै ओलीले प्रचण्ड नेपालमाथि टिप्पणी गरेका हुन् ।

पोखरामा शुक्रबार एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दैै उनले यस्तो बताएका हुन् । ‘सरकार ढालेर गएर हेर्नुस्, त ढोका बाहिर पर्खिएर बसेका हुन्छन् ,भित्रबाट प्रसाद आउँछ कि भनेर ।’ उनले भने ।

कताका जंगेहरू कताका बंगे भएको भन्दै आलोचना समेत गरेका ओलीले सम्बोधनमा भनेका छन्, बुद्धि बिग्रिएपछि त्यो हुन्छ, तपाईंहरूले त्यो गर्नु हुँदैन ।’

ओलीले संविधासभाबाट जारी भएको संविधानले प्रेस स्वतन्त्रालाई पूर्ण रूपमा स्वीकारेको बताउँदै आजको आवश्यकता पित पत्रकारिता नभएको स्पष्ट पारेका छन् ।

प्रेस स्वतन्त्रता होइन, अहिले सामाजिक सञ्जालको व्यापक प्रयोगसँगै अनियन्त्रित स्वतन्त्रताको अवस्थामा पुगेका उनको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर