काठमाडौं २७ फागुन । मुल्य वृद्धि भएको एक सातामै दोस्रो पटक ब्रोइलर कुखुराको मासुको मूल्य बढेको छ । गत सोमबार मात्र प्रतिकिलो १० रुपैंयाले वृद्धि भएको कुखुराको मासु आज शुक्रबार फेरि १० रुपैंयामा बढेको हो ।
नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले दिएको जानकारी अनुसार बजारमा कुखुराको अभावका कारण एक सातामै जिउँदो ब्रोइलर कुखुराको मासुमा प्रतिकिलो २० रुपैंया बढेको हो ।
कुखराको कोल्ड स्टोर मूल्य बढेसँगै मासुको भाउ पनि बढेको छ । उपत्यकामा अहिले तयारी ब्रोइलर कुखुराको मासुको मूल्य ४२० रुपैंया सम्म पुगेको छ ।
रुस र युक्रेनको युद्धका कारण कुखुराको दाना उत्पादन गर्ने कच्चा पदार्थ आयात रोकिएको बजारमा कुखुरा उत्पादन कम भएको संघले जनाएको छ ।