काठमाडौं २७ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना एमसीसीमा टेण्डर हुने भएकाले निमार्ण व्यवसायीलाई तयार रहन आग्रह गरेका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघको २३औं वार्षिक साधारणसभा काठमाडौंमा उद्घाटन गर्दै देउवाले एमसीसीको टेण्डरमा नेपाली कम्पनी छानिए आफु खुसी हुने समेत बताएका छन् ।
अमेरिकाको कानुनका कारण अन्तर्राष्ट्रिय बोलपत्र गर्नुपर्ने भएकाले जुनसुकै देशका कम्पनीले पनि एमसीसीको परियोजना निर्माणका लागि टेण्डरमा भाग लिन पाउने जानकारी समेत देउवाले दिएका छन् ।
‘एमसीसी नेपालले मात्र सञ्चालन गर्ने प्रोजेक्ट नभएर अमेरिकाले समेत सञ्चालन गर्ने हो । यसका लागि अन्तर्राष्ट्रिय टेन्डर हुन्छ, यसमा नेपाली निर्माण व्यवसायीहरु समेत सहभागी हुन पाउँछन्, तयार रहनुस्’उनले भने ।