काठमाडौं २७ फागुन । निर्वाचन आयोग र राजनीतिक दलहरुबिच स्थानीय तह निर्वाचनको विषयमा छलफल सुरु भएको छ । यही वैशाख ३० गते हुने भनिएको स्थानीय तह निर्वाचनको लागि आयोगले ७९ दललाई मान्यता दिएको छ ।
आगामी स्थानीय तह निर्वाचनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएपनि ऋषिराम कट्टेलेको नेकपाले भने निर्वाचनमा भाग लिन नपाउने भएको छ ।
स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरुलाई आज शुक्रबार बोलाएको हो ।