काठमाडौं २७ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माण व्यवसायीको क्षमताले देशको विकास भएको बताएका छन् ।
भौतिक पूर्वाधारको विकासविना देशको समग्र विकास नहुने बताएका उनले निर्माण व्यवसायीको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
कार्यक्रमलाई समबोधन गर्दै देउवाले भने , भौतिक पूर्वाधारको विकासविना देश विकासको कल्पना गर्न सकिँदैन, यसले मिलेर निर्माण क्षेत्रमा लाग्नु पर्ने हुन्छ, निर्माण व्यवसायीको क्षमताले देशको विकास भएको छ ।’
भौतिक पूर्वाधारको विकास गर्न निर्माण व्यवसायीहरूको ठूलो योगदान रहेको भन्दै प्रधानमन्त्री देउवाले अहिलेको समस्या समाधान गर्न व्यवसायीहरूसँग छलफल गर्न सकिने पसिन जनाएका छन् ।