काठमाडौं २७ फागुन । गृह मन्त्री बालकृष्ण खाँणले एमसीसी कुनै पनि सैन्य या राजनीतिक सम्झौता नभएको प्रस्ष्ट पारेका छन् ।
शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघको २३ औँ साधारण सभा तथा १२ औँ अधिवेशनमा सम्बोधन गर्दै मन्त्री खाँडले एमसीसी पासको विषयलाई लिएर आर्थिक क्षेत्रले सकारात्मक रुपमा लिएको भन्दै उनले यस्तो बताएका हुन् ।
‘एमसीसीमा कुनै सैन्य होइन, कुनै राजनीति र प्रशासनीय सम्झौता होइन, नेपालको गरिबी हटाउने, सडक विकास गर्ने, विद्युतको तार तानेर जनताको घरदेखि छिमेकी मुलुकसम्म लैजानका लागि सम्झौता भएको हो’ उनले भने ।
बिजुलीको तारबाट कुनै पनि देशको सेना आउन नसक्ने बताएका उनले बिजुलीको तारबाट बिजुली नै आउने, बिजुलीको तार विस्तार गर्न नै एमसीसी प्रस्ताव ल्याइएको स्पष्ट पारेका छन् ।
व्यवसायीलाई सुरक्षा दिने काम सरकारको भएको बताएका मन्त्री खाँडले संसदबाट एमसीसी पास गर्न प्रेरणा दिएको भन्दै निर्माण व्यवसायीलाई धन्यवाद समेत दिएका छन् ।