काठमाडौं २७ फागुन । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निर्माण व्यवसायीहरूले सरकारको नियन्त्रणभन्दा बाहिरको माग राखेर ‘होली डे’ मनाउन नहुने स्पष्ट पारेकी छन् ।
शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघको २३ औँ साधारण सभा तथा १२ औँ अधिवेशनमा सम्बोधन गर्दै मन्त्री झाँक्रीले सरकारको नियन्त्रणमा सबै कुरा नभएको भन्दै उनले यस्तो बताएकी हुन् ।
‘सरकारको नियन्त्रणमा नरहेको कुरा तपाईहरूले दाबी गर्ने होइन, सहकार्य गरेर काम गर्ने हो ’ उनले भनीन् ।
सरकारले निर्माण व्यवसायीका लागि धेरै सहयोगी काम गरेको दावी गरेकी उनले भनेकी छन् , ‘आजको महंगी हाम्रो नियन्त्रणमा छैन, भारतीय मुद्राको अवमूल्यन हुँदा डलरको मूल्य बढ्दा हाम्रो अर्थतन्त्रमा चाप परेको छ, सरकारको नियन्त्रणमा सबै कुरा रहेको छैन,’ ।
एउटै निर्माण व्यवसायीले बढीमा पाँच वटा आयोजना मात्र लिन पाउने पनि उक्त कार्यक्रममा उनले भनेकी छन् ।