काठमाडौं २७ फागुन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘देशलाई कता लैजाने भन्ने माओवादीकै हातमा रहेको दावी गरेका छन् ।
कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न सुर्खेत पुगेका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
मुलुकको राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निणर्यमा समेत माओवादीकै भुमिका रहने दवाी गरेका उनले वर्तमान गठवन्धनलाई निर्वाचनसम्म मात्र नभई त्यसपछिसम्म लैजाने प्रयासमा आफुहरु भएको बताएका छन् ।
वर्तमान देशको राजनीति माओवादीकै एजेण्डा चलेको बताएका उनले आगामी निर्वाचनमा गठवन्धन सुरक्षित रहने समेत दावी गरेका छन् ।
देशलाई कता लैजाने भन्ने माओवादीकै हातमा भएको बताएका उनले भने , ‘हामीले केन्द्रीय समितिबाट पार्टीलाई एकतबद्ध, एउटै लाइन, विचारका आधारमा निर्वाचन जाने र केही मतभेदलाई छलफलबाट निष्कर्ष निकाल्ने सहमति गरेका छौं’।