काठमाडौं २७ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठवन्धनमा कुनै समस्या नभएको बताएका छन् ।
आज विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
एमसीसी पास भएपछि गठवन्धनमा कुनै समस्या नभएको भन्दै प्रचण्डले राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी रहेको दावी समेत गरेका छन् ।
अहिले पनि मुलुकमा माओवादीकै एजेण्डामा चलिरहेको बताएका उनले राष्ट्रिय राजनीति पनि माओवादीकै इसारामा चलेको दावी समेत गरेका छन् ।