काठमाडौं २७ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचनको लागि आफ्नो पार्टीले फागुन २९ गतेदेखि ‘घरघर जाऔं, नेपाली कांग्रेसलाई जिताऔं’ अभियान सुरु गर्ने जानकारी गराएका छन् ।
आज शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिंहले जानकारी गराएका हुन् । साथै उक्त कार्यक्रममा नेता सिंहले आगामी निर्वाचनमा गठवन्धनसँग सहकार्य गर्ने कि नगर्ने भन्ने विषयमा तिन थरी धारणा रहेको समेत स्पष्ट पारेका छन् ।
आफ्नो पार्टीको एक महिने चुनाव अभियान पछि मात्र गठवन्धनको विषयमा छलफल गर्ने समेत उनले बताएका छन् ।
‘आउने चुनावमा के गर्ने भनेर अहिले पार्टीभित्र तीन धारको कुरा आइरहेको छ। एकथरी एक्लै जानुपर्छ, अर्कोथरी गठबन्धनलाई निरन्तरता दिनुपर्छ। एउटाले जिल्लालाई जिम्मा दिएर आवश्यकताअनुसार गर्नुपर्छ भन्छउनले भने ।
साथै, नेता सिंहले गठवन्धन कांग्रेसले चाहेको बनेको नभई परिस्थिति जन्य कारणले संविधानलाई ट्रयाकमा राखिराख्ने, यसलाई जीवन्त राख्नका लागि बनेको बताएका छन् ।