काठमाडौं २६ फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निवार्चनको मतपत्रको रंग देखेर नतर्सिन आग्रह गरेका छन् ।
निर्वाचन आयोगले आगामी निर्वाचनको लागि हरियो रंगको छनोट गरेसँगै चिडिएका अध्यक्ष ओलीलाई महामन्त्री थापाले यस्तो आग्रह गरेका हुन् ।
‘मतपत्र हेरेर नतर्सिऔँ, मत परिणाम हेरेर तर्सिनु पर्ने दिन आउला, त्योबेला पनि नतर्सिऔँ भनेर म आग्रह गर्न चाहन्छु ।’ उनले भनेका छन् ।
कुन रङ राखिएको छ भनेर रङतर्फ भन्दा आफ्नो ढंग सच्याउनतर्फ लाग्यो भने रङले कसैलाई पोल्दैन भन्ने कुरामा आफुहरु प्रष्ट रहेको बताएका उनले सैद्धान्तिक र वैचारिक बहसमा सहभागी ओलीलाई आग्रह गरेका छन् ।
ओलीलाई लक्षित गर्दै शर्माले भने, ‘मतपत्रमा हरियो रङ देख्नेबित्तिकै यसरी तर्सिने हो भने मतपरिणाम देखेपछि के होला ?