पाकिस्तानमा एकाबिहानै दुई वटा एक्सप्रेस रेल जुध्दा ३० जनाको मृ त्यु, गाउँबासीले रेलका डब्बामा च्यापिएकाको उद्धार गर्दै — OSNepal

पाकिस्तानमा एकाबिहानै दुई वटा एक्सप्रेस रेल जुध्दा ३० जनाको मृ त्यु, गाउँबासीले रेलका डब्बामा च्यापिएकाको उद्धार गर्दै

LC (KTM) June 07, 2021 0

मुल्तान, २४ जेठ- पाकिस्तानको दक्षिणी क्षेत्रमा सोमबार बिहानै दुई वटा एक्सप्रेस रेल जुधेर भएको दुर्घटनामा कम्तीमा ३० जना यात्रुको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार उद्धारकर्मी एवं स्थानीय गाउँबासीले रेलका डब्बामा च्यापिएका घाइते एवं मृ तकका शव बाहिर निकालेका छन् ।

मिल्लात एक्सप्रेस रेलका डब्बाभित्र अझै पनि १५ देखि २० जना यात्रु फसेका बताइएको छ । सिन्ध प्रान्तको घोट्की जिल्लाका प्रहरी प्रमुख उमर टुफैलले डब्बाभित्र थुनिएका व्यक्तिहरु उद्धारका लागि चिच्याएको सुनिएको बताउँदै ठूला मेसिनको सहायताले भग्नावशेष पन्छाउने प्रयास भइरहेको जानकारी दिनुभयो ।मिल्लात एक्सप्रेस रेल आफ्नो लिकबाट बाहिरिएसँगै सर सइद एक्सप्रेस रेलले ठक्कर दिएको थियो, घोटकीका उपआयुक्त उस्मान अब्दुल्लाहले बताउनुभयो । उहाँले मिल्लात रेल कसरी लिकबाहिर उछिट्टियो भन्ने बारेमा अनुसन्धान शुरु भएको जानकारी दिनुभयो ।

अब्दुल्लाहले पछिल्लो विवरण अनुसार कम्तीमा ३० जनाको मृ त्यु भएको बताउनुभयो । रेलवे अधिकारीहरुका अनुसार दुबै रेलमा गरी करिब एघार सय यात्रु सवार थिए । घाइते कतिपय यात्रुको स्वास्थ्य अवस्था निकै नाजूक रहेकाले मृ तकको संख्या बढ्न सक्ने अधिकारीहरुको भनाई छ । (रासस–एपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर