मोहन कृष्ण होमागाईं
लेख्दा लेख्दै लेख्छु , लेखेर लेख्छु
लेख्नलाई लेख्छु , लेख्नु पहिले मनमा लेख्छु
लेखेपछी पनी लेख्छु , म आभाष लेख्छु
प्रतिज्ञा लेख्छु , पथ्थर र कपास लेख्छु
म देखेर लेख्छु , अनी लेखेर देख्छु
देख्नु पैले सोचेर लेख्छु , जब देख्छु अनयासै लेख्छु
म लेख्छु तिमी देख्छौ , अनी देखेर सोच्छौ
लेखेको भेदै नपाई , आफुलाई कोष्छौ
कीनकी तिमी नलेखेका , तर बनेका नेता हौ
म लेखिएको तर , नबनेको कवि हुँ ।
मैले लेखेको देशको कथा पढ् , म लेख्छु
मेलै पढेको देशको कथा पढेनौ रे म सुन्छु
तरतरी देशले रुदा , कान थुनेर जागेछौ
बेदनाले मातृभुमी चिच्याउदा , आखाँ मिचेर भागेछौ
मैले तिम्रो खवर लोक दपर्णबाट साभार पाए
तिम्रा कु कृत्य प्रति देशलाई , तथापी आभार पाए
अव हुन्न तिम्रो कालखण्ड बाकीँ , सुन साथी
दल , गण र खण्डित जथ्था हैन बुझ साथी
देश नागरिक र राष्ट्रिय झण्डा , उठाइ माथी माथी
बुझनु छ नेपालीले ,अस्तित्व काहाँ र कहाँ छ काँठी
निष्क पखेरु र सडक किनारामा बजाउ शान्तीको विगुल
गर रक्षा मातृभुमीको , ढोल बजाई , यस्तो होस क्रान्ति मृदुल