एमालेमा पार्टी प्रवेश गर्नेहरूको लर्को देखेर निर्वाचनमा जान सत्तारूढ दलहरूले खुट्टा कमाइरहेका छन् : विष्णु रिजाल — OSNepal

एमालेमा पार्टी प्रवेश गर्नेहरूको लर्को देखेर निर्वाचनमा जान सत्तारूढ दलहरूले खुट्टा कमाइरहेका छन् : विष्णु रिजाल

LC (KTM) March 10, 2022 0

काठमाडौ २६ फागुन । नेकपा एमालेका उपप्रमुख तथा केन्द्रीय प्रचार विभाग विष्णु रिजालले देशव्यापी रूपमा नेकपा (एमाले)मा प्रवेशको अभियान तीब्र बनेको बताएका छन् ।

बॉके, पर्सा, कपिलवस्तु, झापा, मोरङलगायतका जिल्लामा देखिएको उत्साह नमुना मात्रै भएको बताएका उनले यी घटना देखेर कथित गठबन्धन गरेरै भए पनि निर्वाचनमा जान सत्तारूढ दलहरूले खुट्टा कमाइरहेका भन्दै टिप्पणी समेत गरेका छन् ।

पार्टीका तमाम नेता-कार्यकर्ताको अथक मिहिनेत, जनताको साथ र यही आकर्षक नै एमालेको विजयको आधार भएको नेता रिजालले दावी समेत गरेका छन् ।

नेता रिजालले सामाजिक सञ्जाल मार्फत पार्टी प्रवेश गर्नेहरूको लर्को नसकिएर दुई चरणमा कार्यक्रम गर्नुपरेको परेको भन्दै यस्तो बताएका हुन् ।

देशव्यापी रूपमा नेकपा ९एमाले०मा प्रवेशको अभियान तीब्र बनेको छ । अध्यक्ष कमरेड केपी शर्मा ओलीले जहॉ(जहॉ पुग्न भ्याउनुएको छ, पार्टी प्रवेश गर्नेहरूको लर्को नसकिएर दुई चरणमा कार्यक्रम गर्नुपरेको छ । बॉके, पर्सा, कपिलवस्तु, झापा, मोरङलगायतका जिल्लामा देखिएको उत्साह नमुना मात्रै हो ।

यी घटना देखेरै होला, कथित गठबन्धन गरेरै भए पनि निर्वाचनमा जान सत्तारूढ दलहरूले खुट्टा कमाइरहेका छन् । नेकपा ९एमाले० का तमाम नेता(कार्यकर्ताको अथक मिहिनेत, जनताको साथ र यही आकर्षक नै हाम्रो पार्टीको विजयको आधार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर