खोटाङ, २५ कात्तिक – खोटाङमा गोरुले हा ,न्दा एक ग म्भीर घा इते भएका छन् ।
गोरुले हा ,न्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ५० वर्षीय असुरध्वज राई गम्भीर घाइते भएका हुन् । उनलाई चराउन लगेको बेला गोरुले बुधबार बिहान हा,नेको हो ।
गोरुको सिङले पेटको देब्रे साइडमा छेड्दा राईको आन्द्रा बाहिर निस्केको आफन्तले बताएका छन् । मलका लागि आफन्तबाट ल्याएर पाल्न थालेको केही दिनपछि राईलाई गोरुले हानेको हो ।
घाइतेको बाहिर निस्केको आन्द्रालाई फेमिली केयर अस्पताल दिक्तेलमा इमरजेन्सी अपरेसन गरेर पुर्ववत् अवस्थामा फर्काइएको छ । यद्यपि, उनी खतरामुक्त नरहेको अस्पतालले जनाएको छ । उनको बाहिर निस्केको आन्द्रालाई पुर्ववत् अवस्थामा फर्काउन डा. केके राईलगायतको टोलीले अपरेसन गरेका थिए ।
घाइते राई शारीरिक रूपमा अपाङ्ग छन् । उनी बोल्न सक्दैनन् भने हिँडडुल गर्दा खुट्टा लरबरिने गर्छ । आर्थिक अवस्था कमजोर भएका घाइतेको उपचारका लागि जनता समाजवादी पार्टी खोटाङका युवा नेता रविन खम्बूलगायतका छिमेकी तथा शुभेच्छुक आर्थिक सहयोग संकलन अभियानमा जुटेका छन् ।
आफै उपचार खर्च जुटाउन सक्ने आर्थिक अवस्था नभएकाले सहयोग उठाएरै उनको उपचार गर्ने तयारी गरिएको नेता खम्बूले बताए ।