ओलीको वक्तव्यले नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्धत पुग्ने नेता भट्टराईको अपेक्षा — OSNepal

ओलीको वक्तव्यले नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्धत पुग्ने नेता भट्टराईको अपेक्षा

LC (KTM) June 07, 2021 0

काठमाडौं २३ जेठ । नेकपा एमालेका नेता योगेश भट्टराई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको वक्तव्य प्रति सकारात्मक भएका छन् । प्रधानमन्त्री समेत रहेका ओलीले हिजो आइतबार साँझ पार्टी एकताका लागि एक अपिल जारी गर्दै आफू सम्पूर्ण पार्टी कमिटी र जनसंगठनलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउन तयार रहेको घोषणा गरे पश्चात भट्टराई सकारात्मक देखिएका हुन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत नेता भट्टराईले कार्यदल स्तरको छलफललाई यो बक्तब्यले पुन निरन्तरता दिन बाटो खुलेको बताएका हुन् । पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पस्ट गर्नु पर्ने र मिलाउनु पर्ने थप बिषयहरुलाई समाधान गर्नेमा नेता भट्टराईले विश्वास भएको बताएका छन् । सारमा अध्यक्षको बक्तब्यले पार्टीको शिर्स नेत्रित्वका बिचमा सार्थक संबाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्घत पुग्ने अपेक्षा गर्दछु ।

हजार माईलको यात्रा पहिलो पाईलाबाट नै शुरु हुन्छ । पार्टी एकताको लागि लागि परेका भट्टराईले हजार माईलको यात्रा पहिलो पाईलाबाट नै शुरु बताउँदैसर्बोच्चमा बिचाराधिन बिषयमा सबै संभावनालाई ख्याल गर्दै र मुलत संबिधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निश्कर्समा पुग्नु उपयुक्त हुने बताएका छन् ।

“नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक बक्तब्य मार्फत गर्नु भएको आह्वन मुलत सकारात्मक छ । कार्यदल स्तरको छलफललाई यो बक्तब्यले पुन निरन्तरता दिन बाटो खुलेको छ । पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पस्ट गर्नु पर्ने र मिलाउनु पर्ने थप बिषयहरुलाई समाधान गर्ने छ । सर्बोच्चमा बिचाराधिन बिषयमा सबै संभावनालाई ख्याल गर्दै र मुलत संबिधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निश्कर्समा पुग्नु उपयुक्त हुनेछ । सारमा अध्यक्षको बक्तब्यले पार्टीको शिर्स नेत्रित्वका बिचमा सार्थक संबाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्घत पुग्ने अपेक्षा गर्दछु । हजार माईलको यात्रा पहिलो पाईलाबाट नै शुरु हुन्छ” ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर