काठमाडौं २५ फागुन । सत्तारुढ नेपाली कांग्रेसले नेकपा एमालेलाई निवार्चनको हरियो रङदेखि नतर्सिन भनेका छन् ।
हरियो रङले नेपाली कांग्रेसलाई फाइदा पुग्ने भन्दै निर्वाचन आयोगको निणर्य प्रति आक्रोश पोखेका अध्यक्ष केपी शर्मा ओलीलाई कांग्रेसका
महामन्त्री विश्वप्रकाश शर्मा हरियो रङदेखि नतर्सिन आग्रह गरेका हुन् ।
विभाजित भएको कम्युनिस्ट पार्टी हरियो रङदेखि तर्सिएको भन्दै भन्दै शर्माले
कसैले तर्सिनु नपर्ने निर्वाचन स्वस्थ प्रतिस्पर्धामा जाने बताएका छन् ।
कांग्रेस मतदातालाई मत माग्न गएको बताएका उनले भने,’साउनमा आँखा फुटेको केले (गोरु)ले सधै हरियो देख्छ। अहिलेको परिस्थितिमा पार्टी विभाजित भएको कम्युनिस्ट पार्टी हरियो रङदेखि तर्सिन्छ भन्ने नयाँ उखान सुरु भएको छ’ ।
शर्माले आज पार्टी केन्द्रिय कार्यालय सानेमा भएको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।