काठमाडौं २५ फागुन । नेकपा एमालेका अध्यक्ष माधव कुमार नेपालले आफुहरुले प्रतिस्पर्धामा जित्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हारेको टिप्पणी गरेका छन् ।
ओलीको सँगको लडाई जित्दै आएको दावी गरेका नेपालले बुधबार पार्टीको केन्द्रिय कमिटिको बैठकमा यस्तो बताएका हुन् ।
बैठकमा उनले रिक्त भएको राष्ट्रिय सभा सदस्य पदमा एमालेका रामबहादु थापा बादललाई स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा हराएको भन्दै उनल भने, ‘केपी ओली र हाम्रो प्रतिस्पर्धामा हामीले जितेका छौं । जहाँ प्रतिस्पर्धा, त्यहाँ हामीले जित्यौं, केपी ओलीले हारे ।’
साथै एमाले फुटेपछि पनि भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा एमालेका उम्मेदवारहरु पराजित भएको बताएका छन् ।
एमालेमै रहेर राष्ट्रिय सभा सदस्यको निर्वाचनमा केपी ओलीसँग प्रतिस्पर्धा आफुले नै गरेको र आफुले नै केपी ओलीलाई हराएको नेपालले दावी गरेका छन् । ।
यो पनि…
ब्याख्यात्मक घोषणामार्फत एमसीसी अनुमोदन गरेर गठबन्धन बचाउन सफल भयौं : माधव नेपाल
काठमाडौं २५ फागुन । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालले सत्ता गठवन्धनमा रहेका नेताहरु बिच विश्वास भएकोले गठवन्धन फुटाउन भयंकर षडयन्त्रहरु पनि असफल भइरहेको बताएका छन् ।
आजबाट सुरु भएको पार्टीको केन्द्रिय कमिटिको बैटकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘गठबन्धनमा रहेका दलहरुको बीचमा विश्वास छ । तर, गठबन्धन तोड्नका लागि भयंकर षडयन्त्रहरु भइरहेका छन् ।’ उनले भने ।
ब्याख्यात्मक घोषणामार्फत एमसीसी अनुमोदन गरेर गठबन्धन बचाउन सफल भएको बताएका उनले एमसीसीका नाममा गठबन्धन तोड्ने प्रयास भएको आरोप लगाएका छन् ।
बैठकमा उनले एमसीसीको विषयमा पार्टीले निर्णय गरिसकेको भन्दै पार्टीको निर्णय सबैले मान्नुपर्ने स्पष्ट पारेका छन् । बैठकमा उनले एमालेका अध्यक्ष केपी ओलीले नै सुरुमा एमसीसी संसदमा लगेको र अहिले निःशर्त समर्थन गर्ने पनि ओली नै भएको बताएका छन् ।