काठमाडौं २५ फागुन । नेकपा एकीकृत समाजवादी० अध्यक्ष माधव कुमार नेपालले सत्ता गठवन्धनमा रहेका नेताहरु बिच विश्वास भएकोले गठवन्धन फुटाउन भयंकर षडयन्त्रहरु पनि असफल भइरहेको बताएका छन् ।
आजबाट सुरु भएको पार्टीको केन्द्रिय कमिटिको बैटकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘गठबन्धनमा रहेका दलहरुको बीचमा विश्वास छ । तर, गठबन्धन तोड्नका लागि भयंकर षडयन्त्रहरु भइरहेका छन् ।’ उनले भने ।
ब्याख्यात्मक घोषणामार्फत एमसीसी अनुमोदन गरेर गठबन्धन बचाउन सफल भएको बताएका उनले एमसीसीका नाममा गठबन्धन तोड्ने प्रयास भएको आरोप लगाएका छन् ।
बैठकमा उनले एमसीसीको विषयमा पार्टीले निर्णय गरिसकेको भन्दै पार्टीको निर्णय सबैले मान्नुपर्ने स्पष्ट पारेका छन् । बैठकमा उनले एमालेका अध्यक्ष केपी ओलीले नै सुरुमा एमसीसी संसदमा लगेको र अहिले निःशर्त समर्थन गर्ने पनि ओली नै भएको बताएका छन् ।