काठमाडौं २५ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीबीच भेटवार्ता भएको छ । आज बुधबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको भेटवार्तामा एमसीसीको विषयमा छलफल भएको हो ।
भेटमा मन्त्री कार्कीले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी कार्यान्वयन गरी अघि बढाउने सन्दर्भमा अमेरिकी सरकार प्रति आभार समेत व्यक्त गरेका छन् ।
साथै, वेरीले मन्त्री कार्कीसँग नेपालको आर्थिक समृद्धिलाई निरन्तर रूपमा समर्थन गर्ने बताउँदै सम्झौताको दिसामा नेपाल सरकार अगाडि बढ्दा नेपाली जनताका लागि थप रोजगारीको सिर्जना, विद्युत् सेवाको आपूर्तिमा वृद्धि र ढुवानीको खर्च घट्ने बताएको जनाइएको छ ।
फागुनको अन्तिम साता एमसीसीको बोर्ड बैठक बस्ने भएको छ । जुन बैठकले एमसीसी संसद्बाट अनुमोदनपछि कार्यान्वयनमा लैजाने प्रक्रियागत निर्णय गनेृछ ।
अबको डेढ महिना पछि एमसीसीले कार्यान्वयन समयसीमा सहितको विस्तृत जानकारी अर्थ मन्त्रालयललाई दिने भएको छ । यसको जनाकारी मन्त्रालयले एमसीसीको कार्यालयमा गराउने छ ।