ह्यारी-मेघनले दिए छोरीलाई जन्म : ह्यारीकी आमा डायनाको नामबाट छोरीको राखे नाम, बधाईको ओइरो — OSNepal

ह्यारी-मेघनले दिए छोरीलाई जन्म : ह्यारीकी आमा डायनाको नामबाट छोरीको राखे नाम, बधाईको ओइरो

LC (KTM) June 07, 2021 0

एजेन्सी- अमेरिका गएका पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्कलले छोरीलाई जन्म दिएका छन् । मार्कलले शुक्रबार क्यालिफोर्नियाको अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्।

छोरीको नाम ‘लिली’ राखिएको छ। यो उनकी जिजु हजुरआमाको उपनाम हो। ह्यारीकी आमा डायनाको नाम उनको नामको बीचमा राखिएको छ। उनको पूरा नाम भने लिलिबेट डायना माउन्टब्याटन(विन्डसर हुनेछ।
छोरीको तौल ३।४ किलोग्राम रहेको बताइएको छ ।

अहिले आमा बच्चा दुबै स्वस्थ रहेको बताइएको छ । मेघनले यसअघि पहिलो सन्तानका रूपमा छोरालाई जन्म दिएकी थिइन्। उनको नाम आर्ची राखिएको थियो । ह्यारी र मेघनलाई पुत्रीलाभ भएपछि बेलायतबाट उनीहरूलाई बधाईको ओइरो लागेको छ।बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, लेबर पार्टीका नेतालगायतले पनि ह्यारी(मेघन दम्पतीलाई बधाई दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर