जुम्लाको कारागारमा पनि फैलियो कोरोना ,एकै पटक १५ जनामा संक्रमण पुष्टि — OSNepal

जुम्लाको कारागारमा पनि फैलियो कोरोना ,एकै पटक १५ जनामा संक्रमण पुष्टि

LC (KTM) June 07, 2021 0

जुम्ला- जुम्लाको कारागारमा पनि कोरोना सङ्क्रमण फैलिएको छ । कारागारमा रहेका १५ जना कैदीबन्दीलाई पनि कोरोना सङ्क्रमण देखिएको हो । कैदीबन्दीमा ज्वरो र खोकी लाग्ने भएपछि स्वाब सङ्कलन गरी शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आरटी पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको हो ।

कारागारभित्रका दुई महिला र १२१ पुरुष गरी १२३ जना कैदीबन्दीमध्ये १५ जना पुरुषलाई कोरोना सङ्क्रमण देखिएको जेलर गयाप्रसाद पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्क्रमित १५ जनामध्ये एक जना ७७ वर्षीय पुरुष कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।” अन्य सङ्क्रमितलाई कारागारभित्रै छुट्टै आइसोलेट गरिएको कारागार कार्यालय जुम्लाले जनाएको छ । कारागारभित्रै आइसोलेट गरिएका कैदीबन्दीलाई भने सङ्क्रमणका लक्षण नदेखिएको जनाएको छ ।

आइतबारसम्म जुम्लाको कोरोना सङ्क्रमितको सङ्ख्या ४९६ पुगेको छ । यस्तै कोरोना सङ्क्रमित २५७ जनालाई निको भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ३६ जना उपचारार्थ रहेका छन् । कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएदेखि जुम्लामा सङ्क्रमणबाट दुई जना जेष्ठ नागरिकको मृत्यु भएको प्रशासनले सार्वजनिक गरेको तथ्याङकमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर