आज पनि भारतमा पत्याउनै नसकिने गरी ह्वात्तै घट्यो कोरोना संक्रमितको संख्या — OSNepal

आज पनि भारतमा पत्याउनै नसकिने गरी ह्वात्तै घट्यो कोरोना संक्रमितको संख्या

LC (KTM) June 07, 2021 0

काठमाडौँ- दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा उल्लेख्य कमी आएको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख १ हजार २३३ जनामा संक्रमण भएको छ ।

यो सँगै भारतमा कोरोना संक्रमितको संख्या २ करोड ८९ लाख ९ हजार ६०४ पुगेको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख २२ हजार २५७ पुगेको थियो । दैनिक चार हजार हाराहारी संक्रमितको मृत्यु हुँदै आएको भारतमा पछिल्लो २४ घण्टामा २ हजार ४४५ मा झरेको छ ।यो सँगै भारतमा कोरोना संक्रमितको मृतक संख्या ३ लाख ४९ हजार २२९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर