काठमाडौं २४ फागुन । नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेत्रृ एवं सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अमेरीकी परियोजना एमसीसीको विषयलाई मुलुकको सार्वभौमिकतासँग जोड्न नमिल्ने बताएकी छन् ।
संसदमा छलफल भएर पास गरिएको एमसीसी सरकारले स्वीकार गरेर ल्याएको अनुदान भएकाले यस विषयमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएकी छन् ।
मंगलबार नेकपा एसको विद्यार्थी संगठन अनेरास्ववियूले आयोजना गरेको कार्यक्रममा मन्त्री झाँक्रीले भनिन्,’एमसीसी सरकारले स्वीकार गरेर ल्याएको अनुदान हो, सहायता हो । यसलाई संसदमा डिबेट गरेर पास गरियो । अब हामीले गफ गरेजस्तै एमसीसी स्वीकार गर्दैमा अमेरिकन प्राधिकार यहाँ लागू हुने हो त ?’
विश्वका अन्य देशले पनि एमसीसी सम्झौता स्विकार गरेको बताएकी उनले प्रश्न गर्दै भनेकी छन् , के यी देशले कुरा नबुझी एमसीसी स्वीकार गरेका हुन् त ?
विश्वका आधा दुनिँयामा एमसीसी लागू भएको छ तर नेपालमा सार्वभौमिकताको कुरा उठाएर चिन्ता लिनु आवश्यक छैन ।