पत्रकारका लागि तत्काल खोप उपलब्ध गराउन सरकारसमक्ष माग — OSNepal

पत्रकारका लागि तत्काल खोप उपलब्ध गराउन सरकारसमक्ष माग

LC (KTM) June 07, 2021 0

काठमाडौँ- जेठनेपाल पत्रकार महासङ्घले कोभिडको खोप लगाउन बाँकी तीन हजार पत्रकारका लागि तत्काल उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ । महासङ्घको टोलीले नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई भेटी नागरिकलाई सुसूचित गराउनुपर्ने अग्रभागका पत्रकारको पेशागत बाध्यतालाई ध्यानमा दिन आग्रह ग¥यो ।

सो अवसरमा मन्त्री तामाङले कोरोनाको खोप लगाउन बाँकी सबै पत्रकारलाई जतिसक्दो चाँडो व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । महासङ्घ केन्द्रीय समितिका तर्फबाट महासचिव रोशन पुरी र सचिव गोविन्द चौलागाईँको टोलीले मन्त्री तामाङलाई बधाई ज्ञापनसमेत गरेको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर